Incident Reports

युवतीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि हत्या

2017-08-31

Karnali, Dailekh, Aathabis, Ward 5

कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा बलात्कारपछि एक २० वर्षीया युवतीको हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने खिड्कीज्यूलाको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि ति युवतीको हत्या भएको हो। सुर्खेतबाट कालिकोट घर जान हिँडेकी युवतीलाई ट्रक चालकले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ना ५ ख १८८७ नम्बरको ट्रकका चालकले ति युवतीलाई निशुल्क कालिकोटसम्म लगिदिने भन्दै ट्रकमा चढाएका थिए। तर, राजमार्गको गगनेखोलमा पहिरो आएपछि उनीहरु अगाडि बढ्न सकेनन्। सुर्खेतको वीरेन्द्रनगर निवासी ३२ वर्षीय चालक लक्ष्मीप्रसाद आचार्यले स्थानीय आले होटलमा तीन दिनसम्म युवतीलाई बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बन्धक बनाएर बलात्कार गरेको र त्यसपछि हत्या गरेको आरोपमा प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको छ दैलेखका डीएसपी सरोज पौडेलले युवतीलाई बलात्कार गरेको र त्यसपछि विष खुवाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनले भने, ‘युवतीलाई बन्धक बनाएको पुष्टी भएको छ, शारीरिक शोषणपछि हत्या भएको हामीले आंशका गरेका छौं। घटनाको थप अनुसन्धान जारी छ, हामीलाई ट्रक चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं।’ प्रहरीका अनुसार ट्रक चालक आचार्यले भान्जी नाता लगाएर युवतीलाई होटलमा बन्धक बनाएका थिए। बन्धक बनाएको तेस्रो दिन शनिबार बिहान ८ बजेतिर मात्र घटना बाहिर आएको हो। स्थानीयका अनुसार शनिबार बिहान आचार्यले ती युवतीले विष खाएको भन्दै राकम बजारको एक निजी मेडिकलमा उपचारका लागि पु¥याएका थिए। सोही क्रममा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो। शनिबार नै युवतीलाई थप उपचारको लागि दैलेख सदरमुकाम लैजाने क्रममा बाटोमै ज्यान गएको थियो। प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्य र होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरिएको जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध भएको मौका छोपेर चालकले ति युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आफन्तको आरोप छ। मृतकका आफन्तले छोरीको हत्यारालाई कडा कारबाहीको माग गरेका छन्। सुर्खेतमा सवओभरसियर अध्ययनका लागि भर्ना भएर ति युवती घर फर्किदै थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , INSEC , Local Newspaper - Kailali

0 Comments