Incident Reports

कर्मचारीहरुद्वारा वडा कार्यालयमा तालाबन्दी

2017-09-05

Sudurpashchim, Darchula, Marma, Ward 6

दार्चुलाको मार्मा गाउँपालिका-६ शेरीका कर्मचारीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्थायी कर्मचारीले नियमानुसार पाउनु पर्ने तलब भत्ता नपाएको, कर्मचारीको सञ्चयकोषमा जम्मा हुनु पर्ने रकम जम्मा नभएको तथा कर्मचारी कल्याण समेत स्थापना गरिएको भन्दै वडा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर वडा कार्यालयमा तालाबन्दी गरेको वडा कार्यालय शेरीका कार्यालय सहायक अमर कोट्टारीले जानकारी दिए । यसअघि भदौ १४ गते पनि वडा नम्बर ६ का वडाध्यक्ष महादेव डडाल र मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामीलाई आˆना मागहरु पूरा गरिदिन निवेदन गरेपनि हालसम्म कुनै सुनुवाई नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । भदौ १४ गते वडाध्यक्ष र गाउँपालिका अध्यक्षलाई आˆना मागहरु पूरा गरिदिन माग गरेपनि कुनै सुनावाई नभएकोले मंगलबारदेखि हातमा कालोपट्टी बाँधी कार्यालयमा तालबन्दी गरी कार्यालयको कामकाज ठप्प पार्ने वडा कार्यालय सहायक कोट्टारीले चेतावनी दिए । यता गाउँपालिका अध्यक्ष जमन धामीले वडा कार्यालयमा ताला लगाउनु सरासर गलत भएको भन्दै्र वार्ताका माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments