Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-08-28

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महेन्द्र बहुमूखी क्याम्पस नेपालगञ्जका प्राध्यापक ४८ वर्षीय रविराज शर्मालाई भदौ १९ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडित युवतीलाई भदौ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले बताएपछि क्याम्पसमा क्रियाशील विद्यार्थी सङ्गठनले विरोध जनाउदै घटनाका आरोपितलाई कारबाहीको माग गरेका थिए । प्रहरीले उजुरी लिन नमानेपछि विद्यार्थी सङ्गठन र महिला अधिकारकर्मीहरूले चौतर्फी विरोध गरेपछि भदौ १५ गते प्रहरीले उजुरी दर्ता गरेको थियो । प्रहरीले आरोपित सम्पर्कविहीन भएको जनाउँदै आएको भएपनि भदौ १९ गते गिरफ्तार गरेको छ । महेन्द्र बहुमूखी क्याम्पसका विद्यार्थीहरूले आरोपित प्रध्यापकलाई विभागिय कारबाहीको माग गर्दै भदौ १९ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको नेपाल विद्यार्थी सङ्घ महेन्द्र बहुमूखी क्याम्पसका विद्यार्थी नेता सिपी देवकोटाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments