Incident Reports

सडक विस्तारबाट पीडित माइतीघरमा धर्नामा, जाम गरेको भन्दै लाठी चार्ज, ५ घाइते

2017-09-06

Bagmati, Kathmandu, Kathmandu, Ward 4

काठमाडौंको माइतीघरमा धर्नामा बसेका सडक विस्तार पीडितमाथि प्रहरीले बल प्रयोग गरेको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले बुधबार बिहानै माइतीघर मण्डलामा धर्ना दिएका थिए । त्रिपुरेश्वर–नागढुंगा सडक विस्तारका क्रममा आफ्नो जग्गा मिचिएको भन्दै उनीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । बुधबार सर्वोच्चमा मुद्दाको फैसला हुने भन्दै दबाब स्वरुप बिहानै ९ बजेदेखि माइतीघरमा धर्नामा बसेका उनीहरुमाथि प्रहरीले लाठी जार्च गरेको हो । प्रहरीको लाठी चार्जबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये विद्या श्रेष्ठको हात भाँचिएको छ । उनलाई बानेश्वरको एभरेष्ट हस्पिटलमा भर्ना गरिएको छ । धर्नामा बसेकाहरुको कारण जाम भएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरी धर्नामा बसेकालाई हटाउन खोज्दा झडप हुँदा सवारी आवागमन रोकिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Access/control of private land
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 5
Female Injured 1
National/Online Media

0 Comments