Incident Reports

कास्कीमा अपहरित बालिकाको धादिङमा उद्धार, अपहरणकारी पक्राउ

2017-09-05

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 4

पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सिम्ले बजारबाट प्रहरीले एक बालिकाको सकुशल उद्धार गरेको छ । पोखराको चिप्ले ढुङ्गाबाट अपहरण गरी ल्याइएको २ वर्षे बालिका रोशनी भुजेललाई बुधबार राति प्रहरीले सकुशल उद्धार गरेको हो । बालिकालाई पोखराबाट ल्याएर सिम्ले बजारमा घुमिरहेको अवस्थामा स्थानीयले शंका मानेर प्रहरीलाई खबर गरेका थिए । बालिका ल्याउने धादिङ जिल्ला धुनीबेंसी नगरपालिका घार्केस्थित चालीसे घर भएका २७ वर्षीय सन्तोष सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सापकोटाले बालिकालाई गत २० गते पोखराबाट धादिङ ल्याएका थिए । सापकोटाले पोखराको चिप्लेढुङ्ग बसी कवाडी सामान संकलन गर्ने मन्जु भुजेलको भनिने दुई वर्षीय छोरी रोशनीलाई आफूले दिनको समयमा रेखदेख गरिदिने बहानामा अपहरण गरी ल्याइएको प्रहरी समक्ष बयान दिएका छन् । बालिकाकी आमा पोखरा सहरमा कवाडी सामान संकलन गर्ने पेसामा छिन् । सिम्ले प्रहरीले अपहरणमा संलग्न र बालिका दुवैलाई प्रहरी चौकी गल्छी बैरेनीमा बुझाएको छ । बालिका अहिले प्रहरी चौकी गल्छीमा रहेकी छन् । अपहरण गरी ल्याउने युवकको बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवक मानसिक सन्तुलन गुमाएजस्तो रहेको प्रहरीले जनाएको छ । आवश्यक कारबाहीको लागि गल्छी प्रहरीले बालिका र सापकोटालाई कास्की प्रहरीमा पठाइदिने बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments