Incident Reports

पत्रकार लंकेशको हत्या विरोधमा काठमाडौंमा प्रदर्शन

2017-09-06

Bagmati, Kathmandu, Kathmandu, Ward 11

भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। पत्रकार, लेखक तथा अधिकारकर्मीहरुले माइतिघर मण्डलामा भेला भएर हत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे। प्रेस स्वतन्त्रता र हत्या विरोधी नारा लेखिएका प्ले कार्ड बोकेर पत्रकार तथा लेखकहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनमा बोल्दै लेखक सिके लालले अक्षरको शक्तिलाई बन्दुकले थाम्न नसक्ने बताए। लोकतान्त्रिक मुलुक भारतमा प्रेस स्वतन्त्रताको अवस्था इराक, सिरियाको भन्दा कमजोर रहेको लंकेश हत्याकाण्डले देखाउने लालले बताए। ५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी हत्या गरिएको थियो। ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए। उनले विगत ४० वर्ष देखि सक्रिय पत्रकारिता गर्दै आएकी थिइन्। उनी लंकेश पत्रिकाको सञ्चालक हुन्। उक्त पत्रिका विज्ञापन रहित छापिने गर्थ्यो। पिता पी लंकेशको निधनपछि उनले उक्त पत्रिका चलाउन थालेकी थिइन्। आफ्ना पिताको प्रेरणाबाट नै पत्रकारिताको सुरूवात गरेकी उनी भारतीय सञ्चार जगतमा एक निर्भिक तथा निडर महिला पत्रकारको रूपमा चिनिन्छिन् । उनी दक्षिणपन्थको विरोधी थिइन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments