Incident Reports

सुत्केरीको मृत्यु ‘शंकास्पद’

2017-08-17

Lumbini, Bardiya, Badhaiyatal, Ward 3

जिल्लाका बढैयाताल २ डाँफेमा एक महिलाको हत्या आरोपमा प्रहरीले सासू र जेठाजुलाई पक्राउ गरेको छ । एक वर्षअघि प्रेमविवाह गरेकी २५ वर्षीया रीता रेग्मीको भदौ १ गते राति मृत्यु भएको थियो । उनी सात दिनकी सुत्केरी थिइन् । इलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार रीतालाई मृत अवस्थामै शिक्षण अस्पताल नेपालगन्ज लगिएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले सासू तिलाकुमारी र जेठाजु ओमलाई पक्राउ गरेको हो । गत वर्ष साउन ११ गते हरि खत्रीले रीतालाई भगाएर विवाह गरेका थिए । अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बाबु काशीराम जैसी रेग्मीले बताए । सासू र जेठाजुले छोरीको मृत्यु भएको जानकारी नदिई घटना ढाकछोप प्रयास गरेको उनले आरोप लगाए । ‘ज्वाइँ वैदेशिक रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ,’ उनले भने, ‘श्रीमान्ले धेरै माया दिए पनि घरपरिवारले दिनहुँ मदिरा पिएर मानसिक यातना दिँदै आएको छोरीमार्फत थाहा पाएका थियौं ।’ माइती पक्षले पत्रकार सम्मेलनमा छोरीको हत्या नै भएको दाबी गरेको छ । मुख रगताम्य हुनु, घाँटीमा थिचेको डाम देखिनु, कोखामा चोटपटक लाग्नुले हत्या गरिएको प्रस्ट हुने भिनाजु हिमाल मल्लले बताए । घटनाको राति जेठाजु ओम खत्री बुहारी सुतेको ठाउँमा गएको पीडित पक्षको दाबी छ । हमालका अनुसार हरिसँग प्रेम हुँदा नै जेठाजुले रीतालाई एकतर्फी मन पराएका थिए । विवाहपछि गत साल दसैंमा उनीहरूलाई घर भित्र्याउँदा ओमले धम्की दिएका थिए । हरि विदेश जानुअघि रीतालाई घरमा राख्न चाहेका थिएनन् । उनले घरपरिवारले दु:ख दिने भन्दै आफन्तको घरमा राख्न खोजे पनि रीताले मानिनन् । पोस्टमार्टम रिपोर्टमा रीताको घाँटीमा चोटपटक देखिएको जानकारी चिकित्सकले लिखित रूपमा प्रहरीलाई गराइसकेका छन् । तर, मुखमा लागेको चोटबारे रिपोर्टमा उल्लेख छैन । प्रहरी उपरीक्षक जनक भट्टराईले घटना शंकास्पद भएको बताए । हरि भदौ ५ गते कतारबाट आएपछि सद्गत गरिएको थियो । ससुरा भने रोजगारीका लागि भारतमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments