Incident Reports

​आंशिक प्राध्यापक र प्रहरी बिच झडप हुँदा ६ घाइते

2017-09-08

Bagmati, Kathmandu, Kathmandu, Ward 4

माग पुुरा गर्नुपर्ने भन्दै बालुवाटारमा प्रधानमन्त्री निवास अगाडि धर्ना दिने आंशिक प्राध्यापक र प्रहरी बिच झडप हुँदा ६ जना घाइते भएका छन । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले करारमा नियुक्त गर्नुपर्ने भन्दै बालुवाटारमा सडक ठप्प पारेर धर्ना दिएपछि प्रहरीसँग झडप भएको हो । झडपमा परी राजन केसी, सविना थापा, विष्णु न्यौपाने, यज्ञप्रसाद भट्टराई र शिरोमणि गजुरेल घाइते भएका छन । घाइतेको वीर अस्पताल र शिक्षण अस्पतालमा उपचार भइरहेको आंशिक प्राध्यापक संघका अध्यक्ष शशिकुमार शर्माले जानकारी दिनुभयो । बालुवाटारमा उनीहरुले बेलुकीसम्म प्रदर्शन गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापनरत उनीहरुले करारमा नियुक्त गर्नुपर्ने माग गर्दै मुख्य दलका नेतालाईसमेत ध्यानाकर्षण गराउँदै आएका छन् । तर सरकारले माग जायज भन्दै आश्वासन दिए पनि पूरा गर्न आलटाल गरेको अध्यक्ष शर्माले जिकिर गर्नुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments