Paralegals Association have started a strike halting work at Land Revenue Office Bhaktapur after the Land Revenue Office banned brokers at its two departments. Due to the agitation of Paralegals, service bearers have been adversely affected. The Paralegals Association hung banner at the gate of the Office putting forward various demands. They have also staged pen down as a part of their agitation.
Rajendra Kumar Dahal, Association's Chairperson stated that they were compelled to agitate due to untimely service delivery of Land Revenue Office. He accused Officers in Land Revenue for ill working procedure, not providing so claimed online service making excuse of load shedding and the monopoly of Office Chief.
मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले आन्दोलन सुरू गर्दा कार्यालयको काम ठप्प भएको छ ।
एशोसिएशनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । आज एशोसिएशनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो ।
एशोसिएशनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
मालपोत अधिकृतको गलत कार्यशैली रहेको, अनलाइन सेवा भनिए पनि विद्युत् अवरुद्ध भएको बहानामा सेवा नदिएको, कार्यालय प्रमुखले हैकमवादी शैली प्रस्तुत गरेको उनको आरोप थियो ।