Incident Reports

आन्दोलनका कारण मालपोतको काम ठप्प, सेवाग्राही मारमा

2017-08-31

Bagmati, Bhaktapur, Bhaktapur

मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले आन्दोलन सुरू गर्दा कार्यालयको काम ठप्प भएको छ । एशोसिएशनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । आज एशोसिएशनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो । एशोसिएशनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । मालपोत अधिकृतको गलत कार्यशैली रहेको, अनलाइन सेवा भनिए पनि विद्युत् अवरुद्ध भएको बहानामा सेवा नदिएको, कार्यालय प्रमुखले हैकमवादी शैली प्रस्तुत गरेको उनको आरोप थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments