Incident Reports

श्रीमानद्वारा श्रीमतीको हत्या

2017-09-10

Karnali, Surkhet, Gurbhakot, Ward 2

गुर्भाकोट नपा-२ की ३० वर्षीया पञ्चकली कामीलाई निर्ममतापूर्वक हत्या गरेको कसुरमा ३० वर्षीय पति टेकबहादुर कामीलाई जिल्ला अदालत सुर्खेतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुबकुमार शाहीको इजलाशले मङ्सिर २९ गते यस्तो फैसला गरेको हो । टेकबहादुरले सल्यानबाट घर फर्कने क्रममा घर नजिकैको जङ्गलमा ०७४ भदौ २५ गते पछयौराले घाँटी थिचेर निर्ममतापूर्वक पत्नीको हत्या गरेको अदालतले जनाएको छ । पत्नीको हत्या गरेकै दिन घरैबाट गिरफ्तार गरिएका कामीलाई कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय छिञ्चुले ०७४ भदौ २६ गते जिल्ला अदालत सुर्खेतमा पेश गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments