Incident Reports

Dhakari rural municipality office padlocked

2017-09-10

Sudurpashchim, Achham, Dhakari

Ward chairpersons and members of ward 2 and 3 of Hichma and ward 5 of Balata in Dhakari rural municipality padlocked the office on Sunday saying that the projects related to drinking water, road, education and health which were recommended and passed by the wards were later removed by the village executive. Ram Bahadur Budha, ward chairperson of ward 5 of the rural municipality said that they were compelled to padlock the rural municipality's office after the rural municipality's chairperson and executive officers repeatedly ignored their plea to pass the projects recommended by the wards. ढकारी गाउँपालिकामा रहेका तीन वडाबाट पारित भएका योजनाहरुलाई गाउँपालिकाबाट हटाइएको भन्दै गाउँपालिका कार्यालयमा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन् । ढकारी गाउँपालिका वार्ड नं. २ र ३ को हिच्मा, वार्ड नं. ५ बलाताका वडा अध्यक्ष र सदस्यहरुले कार्यालयमा आइतबारबाट तालाबन्दी गरेका हुन् । वडा समितिबाट पारित गरिएका योजनाहरु नसमेटी गाउँ कार्यपालिबाट अर्कै योजनाहरु बनाएर पारित गरेको भन्दै तालाबन्दी गरिएको उक्त गाउँपालिका-५ का वडा अध्यक्ष रामबहादुर बुढाले जानकारी दिए । आफूहरुले वडा भेलाबाट खानेपानी, सडक, शिक्षा, स्वास्थ्य लगायतका योजनाहरु जनसहभागितामा पारित गरी पठाएको भए पनि गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत लगायत केही व्यक्तिले पूरै योजना अस्वीकृत गरेको बुढाको आरोप छ । वडाबाट छनौट भएका योजनाहरुलाई पारित गरिदिन पटक-पटक आग्रह गर्दापनि गाउँपालिका प्रमुखले अस्वीकार गर्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरुको भनाई छ । कार्यपालिकाको सदस्य भएपनि बैठकमै बस्न नदिएर झ्यालबाट गएका योजनाहरु पास गरिएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको वडा नं. ३ का अध्यक्ष महादेव बुढाले बताए । प्राथमिकतामा राखेका योजना केही दलका व्यक्तिको दवावमा परिवर्तन गरिएका बुढाले आरोप लगाए । आफूले पठाएका योजना पारित गराउन आग्रह गर्दा गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले उल्टै धम्की दिएको महादेव बुढाले बताए । वडाध्यक्ष बुढाले टेलिफोनमा अनलाइनखवरसँग भने, ‘उहाँले वडाबाट आएका योजना हुँदैन तिमिहरु जे गर्छौ गर, मैले बहुमतमा निर्णयले जे पनि गर्नसक्छु भन्नुभयो’ गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले पुष्टि गरे । वडाबाट आएका योजनाहरु परिवर्तन गर्ने अधिकार भएको भन्दै केही योजनाहरु परिवर्तन गरेको स्वीकार गरे । अध्यक्ष बुढाले भने- ‘गाउँपालिकामा जे निर्णय भयो, त्यसमा अब केही परिवर्तन हुँदैन ।’ ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो । समस्या समाधानका लागी सदरमुकाम मंगलसेनबाट जिल्ला समन्वय समितिका उप-संयोजक टोपबहादुर रावलसहितको एक टोली उक्त गाउँपालिका गएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए । अछाम जिल्लाका १० स्थानीय तहमध्ये सदरमुकाम मंगलसेन, विनायक, कमलबजार नगरपालिका र तुर्माखाद गाउँपालिकामा मात्र नगर परिषद सम्पन्न भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments