Incident Reports

वडाबाट पारित योजना हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी

2017-09-10

Sudurpashchim, Achham, Dhakari

३ का अध्यक्ष महादेव बुढाले बताए । प्राथमिकतामा राखेका योजना केही दलका व्यक्तिको दवावमा परिवर्तन गरिएका बुढाले आरोप लगाए । आफूले पठाएका योजना पारित गराउन आग्रह गर्दा गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले उल्टै धम्की दिएको महादेव बुढाले बताए । वडाध्यक्ष बुढाले टेलिफोनमा अनलाइनखवरसँग भने, ‘उहाँले वडाबाट आएका योजना हुँदैन तिमिहरु जे गर्छौ गर, मैले बहुमतमा निर्णयले जे पनि गर्नसक्छु भन्नुभयो’ गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले पुष्टि गरे । वडाबाट आएका योजनाहरु परिवर्तन गर्ने अधिकार भएको भन्दै केही योजनाहरु परिवर्तन गरेको स्वीकार गरे । अध्यक्ष बुढाले भने- ‘गाउँपालिकामा जे निर्णय भयो, त्यसमा अब केही परिवर्तन हुँदैन ।’ ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो । समस्या समाधानका लागी सदरमुकाम मंगलसेनबाट जिल्ला समन्वय समितिका उप-संयोजक टोपबहादुर रावलसहितको एक टोली उक्त गाउँपालिका गएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए । अछाम जिल्लाका १० स्थानीय तहमध्ये सदरमुकाम मंगलसेन, विनायक, कमलबजार नगरपालिका र तुर्माखाद गाउँपालिकामा मात्र नगर परिषद सम्पन्न भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments