Incident Reports

स्कुले छात्रा जिस्काउने दुई युवकमाथि जुत्ताको माला

2017-09-13

४ ठूलो पडरिया बस्ने १९ वर्षीय बसरुद्दीन मुसलमान तथा सोही ठाउँ बस्ने अली हुसेन मुसलमानले मधुबनी माबिमा बुधबार दिउँसो १ः ३० बजे दादागिरी शैलीमा विद्यालय हाता भित्र प्रवेश गरी एक छात्रामाथि संबेदशील अंग स्पर्श तथा अश्लील शब्द प्रयोग गरिरहेको बखत आक्रोशित छात्रछात्राहरुले जुत्ताको माला तथा रामधुलाई गर्नुका साथै महिलवार बजार परिक्रमा पश्चात लुम्बिनी प्रहरीबिटमा बुझाएको खबर छ । ती दुबै ब्यक्तिहरु बिगत एक सातादेखि स्कूले छात्राहरुलाई जिस्काउने दिने पिच्छै घटना दोहोर्याउन थालेपछि सम्पूर्ण छात्रछात्राहरुले मोटरसाईकल सहित नियन्त्रणमा लिई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमाकान्त हरिजनको उपस्थितिमा सामाजिक दण्ड दिनुका साथै समाजसेवीको आग्रहमा प्रहरी समक्ष आइन्दा त्यस्तो नगर्ने शर्तमा छाडिएको प्रधानअध्यापक मैनुद्दीन मुसलमानले जानकारी गराए । यद्यपि उक्त घटनाबारे इप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले भने प्रतिक्रिया दिन मानेनन् । उक्त घटनामा अझै चार जना युवाहरु विद्यार्थी घेरा तोडी सुरक्षित स्थानमा भाग्न सफल भएको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Public humiliation
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments