Incident Reports

कोशी गाउँपालिकाका अध्यक्षद्वारा कार्यकारी अधिकृतको कार्यकक्ष तालाबन्दी

2017-09-12

गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा मंगलबार तालाबन्दी गरेको हो । कार्यालयमा बाहिरका व्यक्ति आएर तालाबन्दी नगरी गाउँपालिकाका कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरेको कार्यकक्षमा मानोमानी गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफैं तालाबन्दी गरेका हुन्। कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको र अनियमितता गरेको, कतै जाँदा आफूलाई कुनै जानकारी नदिइ लुकिछिपी जाने गरेको, जनप्रतिनिधि आउनुभन्दा अगाडि आएको ५२ लाख रुपैयाँको कुनै हरहिसाब नदेखाएका कारण उनीहरुको कार्यकक्षमा आफैँले तालाबन्दी गरेको अध्यक्ष अन्सारीले बताए। उनले काम चोर कर्मचारी र हिसाबसमेत नदेखाउने भ्रष्ट मानसिकताका कर्मचारीलाई कार्यालयमा बस्ने नैतिक आधार नभएकाले उनीहरुलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको बताए। कर्मचारीले सामान्य मापदण्डसमेत पालना नगरेको र जननिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष आएको दुई महिना बित्दासमेत आफ्नो कार्यक्रम र योजना नदेखाएको तथा परिषद्मा समेत कुनै चासो नराखेकाले आरोप लगाइएको छ । कार्यकारी अधिकृत राणा भने सम्पर्कमा आउन चाहेनन् भने अन्य कर्मचारी लुकिछिपी भागेको पाइएको छ । स्थानीयवासीले भने गाउँपालिकामा भएको घटनाले आफूलाई सशंकीत बनाएको प्रतिक्रिया दिएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan

0 Comments