Nepal Communist Party led by Netra Bikram Chand on Thursday afternoon smeared soot on Land Revenue Office Kawasti chief Khagendra Ghimire. Three party cadres misbehaved with the government officials at his office and fled after throwing pamphlets in the name of the district people's council. Nawalparasi at the office. The pamphlets accuse Ghimire of engaging in corruption. Police said a search for the person is on.
मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाhimire. को समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् ।
कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखीएको पर्चा भेटीएको थियो । पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफूलाई विप्लव समूहको भन्ने युवाहरुले अभद्र व्यवहार गरेर फरार भएको र उनीहरुको खोजिकार्य भैरहेको बताए ।
Update................................
नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिंह रानामगर (मंगलसेन)लाई प्रहरीले उनकै निवासबाट शुक्रबार मध्यरातमा पक्राउ गरेको छ ।
देवचुली नगरपालिकास्थित सुतिरहेको अवस्थामा मगरलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । दुई दिनअघि नेकपा माओवादीका कार्यकर्ताले मालपोत कार्यालय कावासोतीका प्रमुखलाई कार्यालय समयमै अभद्र व्यवहार गरेको हुँदा त्यसको नेतृत्वलाई अनुसन्धानकालागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नवीनराज राज राईले बताए ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका स्वच्छछवी र कार्य सम्पादनका हिसावले उत्कृष्टको मूल्यांकनमा परेका मालपोत कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई गत बिहीबार माओवादी कार्याकर्ताले अनेक आरोप लगाएर कार्यालयमा अभद्र व्यवहार गरेका थिए । उनलाई अभद्र व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका अन्य ४ जना जिल्ला नेताहरुलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।