पर्सा प्रहरीले गएराति विरगंज महानगरपालिका वडा नम्बर ७ रामटोल स्थितबाट अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण, थाना रक्सौल, रक्सौल न.पा वडा नम्बर २०, मौजे बस्ने अन्दाजी २५ वर्षीय महमद् समशेर रहेका छन। निजले बि.आर. २२ एम. ३२६३ नम्बरको बजाज मोटरसाइकल चढी भारतबाट नेपाल तर्फ आउंदै गरेकोमा नियमित चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सुदिप गिरीले बताए। निजको साथबाट प्रहरीले अवैध हतियार नलकटुवा पेस्तोल १ थान, सोमा प्रयोग हुन् ८ एम.एम.के.एफ ३ राउण्ड गोली, मोटरसाइकल खुल्ने साँचो १ थान, तथा परिचयपत्र, भन्सार प्रज्ञापन पत्र बरामद गरेको छ।