Incident Reports

अनिश्चितकालीन यातायात बन्द

2017-09-07

छिन्चु जाजरकोट सडकको छेडाबजार खलङ्गा खण्डमा यातायात बन्द हुँदा यात्रुलाइ सास्ती भएको छ। फागुन २६ गतेको बस दुर्घटनाका घाइतेले उपचार तथा मृतक आफन्तले राहत नपाएको भन्दै अनिश्चितकालीन यातायात बन्द हुँदा यात्रुलाइ सास्ती भएको हो। घाइते र मृतकका आफन्तले बिहीबार छेडा खलङ्गाखण्डमा यातायात ठप्प पारेपछि यात्रु मर्कामा परेका हुन्। उनीहरुले घाइतेको उपचारमा बेवास्ता हुनु साथै मृतकका आफन्तलाई राहत उपलब्ध गराउन विलम्ब गरेकोले यातायात बन्द गर्न बाध्य भएको स्थानीय प्रकाश आरसीले बताए। दुर्घटना भएको ८ महिना बित्दा पनि सम्बन्धित पक्षले मृतकका आफन्तलाइ राहत उपलब्ध नगराउदा र बिरामीलाई उचित उपचार नगर्दा यातायात बन्द गरेको आरसीले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments