Incident Reports

पूल निर्माणमा ढिलाई गर्ने ठेकेदारलाई कालोमोसो

2017-09-21

पूल निर्माणमा ढिलाई गर्ने एकजना ठेकेदारलाई नेपाल कम्यूनिष्ट पार्टी विप्लवका कार्यकर्ताले दाङमा कालोमोसो दलेका छन् । घोराहीको कटुवाखोला देखि तुलसीपुर चौक सम्मको सडक विस्तारको जिम्मा लिएका पदम शर्माले चारवर्ष पुग्दा समेत सडक विस्तारको कार्य पुरा नगरेको भन्दै विप्लवका कार्यकर्ताले शर्मालाई कालोमोसो दलेका छन् । शर्मालाई कालोमोसो दलेपछि जानकी दहितले पठाएको विज्ञप्तिमा सडक डिभिजन कार्यालय घोराही सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको मिलेमतोमा लापरवाही भइरहेको उल्लेख छ । समयमै सडक निर्माण नहुँदा जनता धुँवा, धुलोवाट आक्रान्त बनेको , उनीहरुको स्वास्थ्य जोखिममा परेको हुँदा सरोकारवालाहरुलाई सचेत तुल्याउन र निर्माण कार्य छिटो गर्नकालागि ठेकेदारलाई जनकारवाही स्वरुप कालोमोसो दलिएको जारी विज्ञप्तिमा उल्लेखछ
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Other Sources

0 Comments