Incident Reports

Ostracized on charge of marrying muslim youth

2017-09-20

Madhes, Siraha, Dhangadhimai, Ward 2

Ramita Sadaya,18 of Dhangadhimai Municipality-2 was socially ostracized since one week by the locals after she had an affair with a Muslim boy. At about 40 families in the Dalit community has barricaded her by not even letting her drinking water in the village. She is not even allowed to use tube well near her house. She is bound to walk for one Km to get water from Chaudhary village. Communication with her has been completely prohibited in the village. The victim was socially ostracized in initiation from 55 years old SHyam Sunder Sadaya and his 47 years old wife Palas Devi Sadaya and they are in a strong stand that ostracization will continue and no one can stop it. They have even warned not to provide her water. The victim is eight months pregnant after she had a love affair with Muslim youth Mohamad Naseer of Dhangadhimai Municipality-2. Her lover is absconded after she became pregnant. Human Rights activists and a team of NHRC have monitored the incident on September 27. The Human Rights protection network has demanded for the action against Shyam Sunder Sadaya and Palas Sadaya after lodging complaint at Area Police Office. DSPO Naresh Raj Subedi of Area Police Office of Lahan said that the incident will be investigated and action will be taken against the guilt. Durga Pariyar मुस्लिम युवकसँग प्रेम गरेको भन्दै धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई स्थानीय सदायहरूले एक हप्तादेखि सामाजिक बहिष्कार गरेका छन् । दलित समुदाय भित्रकै करिव ४० घर परिवार रहेको सदाय समुदायले पीडितलाई उनकै घरमा नाकाबन्दी गरेर राखेका छन् भने गाउँमा पानी खानसमेत दिइएको छैन । आफ्नै घर छेउमै रहेको सार्वजनिक ट्युवेलमासमेत पानी प्रयोग गर्न दिइएको छैन । रमिताले घर छेउको पानी प्रयोग गर्न नपाएपछि एक किलोमिटरको दुरीमा रहेको चौधरी गाउँबाट पानी ल्याएर गुजारा चलाइरहेकी छन् । उनलाई अरूको घरमा जान र अरू पनि उसको घरमा जान र बोल्न प्रतिबन्ध लगाइएको छ । गाउँका अगुवा ५५ वर्षीय श्यामसुन्दर सदाय र उनकी ४७ वर्षीया पत्नी पलासदेवी सदायको अगुवाइमा युवतीलाई सामाजिक बहिष्कार गरिएको जनाइएको छ । आफूलाई हरूवाचरूवाहरूको जिल्ला सचिवको परिचय दिने श्यामसुन्दरले प्रधानमन्त्री यस गाउँमा आएपनि आफूले गरेको निर्णयफिर्ता नलिने बताएका छन् । र, उनले गाउँका कसैले पनि रमितालाई पानी दिए उनीहरूलाई पनि सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका छन् । धनगढीमाई नगरपालिका-२ धनगडा बस्ने मुस्लिम युवक मो. नसिरसँग प्रेम गरेकी युवती ८ महिनाको गर्भवतीसमेत छिन् । तर, युवतीलाई गर्भवती बनाएर मो. नसिर हालसम्म फरार रहेका छन् । आमा नभएकी रमिताका बाबु कुस्मा सदाय बिरामी छन् । दाजु भाउजूसँग बस्दै आएकी रमितालाई घरमा नराख्न उनका दाजु सञ्जित सदायलाई गाउँलेले ठूलो दबाव दिएका छन् । पीडितको छिमेकमा रहेकी सोमनी सदायकी ६ वर्षीया छोरी श्यामा सदा रमिताको घरमा जाँदासमेत श्याम सुन्दरले आफूलाई गाली गरी धम्क्याएको सोमनीले बताइन् । सिरहाका मानव अधिकारकर्मीहरूसहित राष्टिय मानव अधिकार आयोग जनकपुरका अधिकृत दिप यादवलगायतको टोलीले असोज ११ गते घटनाको अनुगमन गरेको छ । मानव अधिकार संरक्षण केन्द्र सञ्जालले आरोपितहरू श्यासुन्दर सदाय र पलास सदायविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा असोज ११ गते उजुरी दिएर कारबाहीको माग गरेको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीका अनुसार घटनाको अनुसन्धान गरी आरोपितलाई कारबाही गरिनेछ । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments