Incident Reports

मुस्लिम यूवकसँग प्रेम गरेको भन्दै ‘जातीय’ बहिष्कार

2017-09-20

Madhes, Siraha, Dhangadhimai, Ward 2

नसिर हालसम्म फरार रहेका छन् । आमा नभएकी रमिताका बाबु कुस्मा सदाय बिरामी छन् । दाजु भाउजूसँग बस्दै आएकी रमितालाई घरमा नराख्न उनका दाजु सञ्जित सदायलाई गाउँलेले ठूलो दबाव दिएका छन् । पीडितको छिमेकमा रहेकी सोमनी सदायकी ६ वर्षीया छोरी श्यामा सदा रमिताको घरमा जाँदासमेत श्याम सुन्दरले आफूलाई गाली गरी धम्क्याएको सोमनीले बताइन् । सिरहाका मानव अधिकारकर्मीहरूसहित राष्टिय मानव अधिकार आयोग जनकपुरका अधिकृत दिप यादवलगायतको टोलीले असोज ११ गते घटनाको अनुगमन गरेको छ । मानव अधिकार संरक्षण केन्द्र सञ्जालले आरोपितहरू श्यासुन्दर सदाय र पलास सदायविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा असोज ११ गते उजुरी दिएर कारबाहीको माग गरेको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीका अनुसार घटनाको अनुसन्धान गरी आरोपितलाई कारबाही गरिनेछ । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments