Incident Reports

Family claims Soniya's death to be murder

2017-09-22

Dead body of 20 year old Soniya Devi was found hanged in her house on the day of Ghatasthapana. The family of the the dead is claiming that Soniya was murdered by her in-laws for dowry. They are complaining about the investigation being done by the police. They have blamed the police that police is trying to make the report saying it to be a suicide. The family of the girls has claimed the husband was giving mental stress to her and the villagers has also claimed that there were on going clash between husband and wife. पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. २ चेरगाहा टोल बस्ने सुनील साहकी २० वर्षीया पत्नी सोनिया देवीको शङ्कास्पद मृत्युमा पर्सा प्रहरीले गरिरहेको अनुसन्धान फितलो भएको पीडित पक्षले आरोप लगाएको छ । घटनासँग सम्बन्धित व्यक्तिहरूलाई प्रहरीले कडाइका साथ केरकार नगरी अनुसन्धान फितलोरूपमा गरिरहेको उनीहरूको भनाइ छ । घटना भएको दुई साता बितिसक्दा पनि अनुसन्धान प्रभावकारी तवरले अघि बढ्न नसकेको मृतकका मामा छोटेलाल साह कानूले गुनासो गरे । सोनियाको घटस्थापनाको राति आप्नै घरमा शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि सोनियाले किन आत्महत्या गरिन् वा हत्या भएको भन्ने विषयमा प्रहरी नै अन्योलमा छ । तर पीडित पक्षले सोनियाले आत्महत्या गरेको भन्ने रिपोर्ट बनाउने प्रयास भइरहेको आरोप लगाएको छ । सोनियाले घरको बाँसको बलोमा सलको पासो लगाइ झुन्डिएको प्रहरीको प्रारम्भिक मुचुल्कामा उल्लेख गरिएको छ । तर प्रहरी घरमा पुग्दा पासो काटिएको र बलो तथा सोनियाको घाँटीमा पासो थिएन । उनको शवनजिकै सल फालिएको थियो । प्रहरीलाई खबर गर्दा किन पासो छिमेकीले काटे ? शङ्काको विषय भएको, असोज ५ गते राति घटना भएको हुँदा दुई सय मिटर टाढा रहेको टिहुकी प्रहरीलाई असोज ६ गते मध्याह्न १२ बजे किन खबर गरियो । घटनामा अनुसन्धान गर्न इलाका प्रहरीको टोली चार घण्टा ढिलो भारतको बाटो प्रयोग गरी चेरगाहा किन पुग्यो ? पोखरियाको टोली पुग्दा लास १० घण्टा पहिले मृत्यु भएको जस्तो लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक नारायण पौडेलले बताए । घटना भएको राति घटस्थापनाको दिन थियो । एक दिन पहिले सोनियाले नवरात्रि पर्व गर्छु भनी पति सुनीलसँग अनुमति मागेकी थिइन् । तर सुनीलले हामी ॐ शान्तिमा छौं, मेरो घरमा यो सब चल्दैन भनी कुटेका थिए । यो सबै कुरा मृतकका मामा छोटेलालले बताए । त्यसभन्दा पहिले दाइजोको रूपमा मोटरसाइकल माइतीसँग माग भनी पति सुनीलले हप्काउँदै र यातना दिंदै आएको मृतकका मामा छोटेलालले बताए । विहार, रक्सौल–५ धुपवा टोला माइत भएको सोनियालाई पति सुनीलले मानसिक यातना दिंदै आएको र पटकपटक उनीहरूबीचमा झगडा पनि भएको गाउँलेहरूको भनाइ छ । पोखरिया प्रहरीमा कर्तव्य ज्यान मुद्दामा जाहेरी परेपछि सुनीलका घरपरिवारले मुद्दा मिलापत्र गर्न छोटेलाललाई दबाब दिन थालेका छन् । पोखरिया प्रहरीले जिल्ला र स्थानीय प्रहरीले गम्भीरताको साथ घटनाको अनुसन्धान गरिरहेको र भिसेरा रिपोर्ट आएपछि धेरै कुरा प्रस्ट हुने आश्वासन दिएको छ । घटनाको राति पति सुनीलले आपूm भिस्वा गाउँपालिकाको मतगणनामा गएको भनी बयान दिएका छन् । तर मतगणनास्थलमा उनी कुनै पार्टीको प्रतिनिधि थिए कि थिएनन् भनी प्रहरीले खोजबिन गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 01
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 01
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments