Incident Reports

शङ्कास्पद मृत्युमा प्रहरीको अनुसन्धान फितलो

2017-09-22

२ चेरगाहा टोल बस्ने सुनील साहकी २० वर्षीया पत्नी सोनिया देवीको शङ्कास्पद मृत्युमा पर्सा प्रहरीले गरिरहेको अनुसन्धान फितलो भएको पीडित पक्षले आरोप लगाएको छ । घटनासँग सम्बन्धित व्यक्तिहरूलाई प्रहरीले कडाइका साथ केरकार नगरी अनुसन्धान फितलोरूपमा गरिरहेको उनीहरूको भनाइ छ । घटना भएको दुई साता बितिसक्दा पनि अनुसन्धान प्रभावकारी तवरले अघि बढ्न नसकेको मृतकका मामा छोटेलाल साह कानूले गुनासो गरे । सोनियाको घटस्थापनाको राति आप्नै घरमा शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि सोनियाले किन आत्महत्या गरिन् वा हत्या भएको भन्ने विषयमा प्रहरी नै अन्योलमा छ । तर पीडित पक्षले सोनियाले आत्महत्या गरेको भन्ने रिपोर्ट बनाउने प्रयास भइरहेको आरोप लगाएको छ । सोनियाले घरको बाँसको बलोमा सलको पासो लगाइ झुन्डिएको प्रहरीको प्रारम्भिक मुचुल्कामा उल्लेख गरिएको छ । तर प्रहरी घरमा पुग्दा पासो काटिएको र बलो तथा सोनियाको घाँटीमा पासो थिएन । उनको शवनजिकै सल फालिएको थियो । प्रहरीलाई खबर गर्दा किन पासो छिमेकीले काटे ? शङ्काको विषय भएको, असोज ५ गते राति घटना भएको हुँदा दुई सय मिटर टाढा रहेको टिहुकी प्रहरीलाई असोज ६ गते मध्याह्न १२ बजे किन खबर गरियो । घटनामा अनुसन्धान गर्न इलाका प्रहरीको टोली चार घण्टा ढिलो भारतको बाटो प्रयोग गरी चेरगाहा किन पुग्यो ? पोखरियाको टोली पुग्दा लास १० घण्टा पहिले मृत्यु भएको जस्तो लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक नारायण पौडेलले बताए । घटना भएको राति घटस्थापनाको दिन थियो । एक दिन पहिले सोनियाले नवरात्रि पर्व गर्छु भनी पति सुनीलसँग अनुमति मागेकी थिइन् । तर सुनीलले हामी ॐ शान्तिमा छौं, मेरो घरमा यो सब चल्दैन भनी कुटेका थिए । यो सबै कुरा मृतकका मामा छोटेलालले बताए । त्यसभन्दा पहिले दाइजोको रूपमा मोटरसाइकल माइतीसँग माग भनी पति सुनीलले हप्काउँदै र यातना दिंदै आएको मृतकका मामा छोटेलालले बताए । विहार, रक्सौल–५ धुपवा टोला माइत भएको सोनियालाई पति सुनीलले मानसिक यातना दिंदै आएको र पटकपटक उनीहरूबीचमा झगडा पनि भएको गाउँलेहरूको भनाइ छ । पोखरिया प्रहरीमा कर्तव्य ज्यान मुद्दामा जाहेरी परेपछि सुनीलका घरपरिवारले मुद्दा मिलापत्र गर्न छोटेलाललाई दबाब दिन थालेका छन् । पोखरिया प्रहरीले जिल्ला र स्थानीय प्रहरीले गम्भीरताको साथ घटनाको अनुसन्धान गरिरहेको र भिसेरा रिपोर्ट आएपछि धेरै कुरा प्रस्ट हुने आश्वासन दिएको छ । घटनाको राति पति सुनीलले आपूm भिस्वा गाउँपालिकाको मतगणनामा गएको भनी बयान दिएका छन् । तर मतगणनास्थलमा उनी कुनै पार्टीको प्रतिनिधि थिए कि थिएनन् भनी प्रहरीले खोजबिन गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 01
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 01
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments