Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2017-10-10

Madhes, Saptari, Rajbiraj

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राजविराज नपा-८ का ४० वर्षीय लक्ष्मण यादवलगायत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २५ गते उजुरी दिएको छ । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज २५ गते उपचार तथा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षित आश्रय सेवा केन्द्रमा रहेकी पीडितको अवस्था चिन्ताजनक रहेको सेवा केन्द्रकी मनोविमर्शकर्ताले बताएकी छिन् । साथीसँग डेरा बहालका लागि कोठा खोज्न गएका बेला आरोपितले असोज २४ गते साँझ कुटपिट गरी नियन्त्रणमा लिएको र आरोपितको सहयोगीले बाहिरबाट ढोकाको चुकुल लगाई दिएको पीडितले बताइन् । प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिए पनि मुख्य आरोपित फरार रहेकोले खोजीकार्य भइरहेको एसपी मुकेशकुमार सिंहले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments