Incident Reports

मानव बेचबिखन गर्न लैजाँदै गरेको आशङ्कामा दुई महिलाको उद्धार

2017-10-11

२७ र २२ वर्षीया दुई महिलालाई कुवेत पठाउने भन्दै मानव बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा प्रहरीले नवलपरासीको नेपाल भारत सीमा महेशपुरबाट असोज २५ गते उद्धार गरेको छ । पीडितद्वयलाई प्रतापपुर गाउँपालिका-५ बैदौलीका २७ वर्षीय अजय ठाकुरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने निहुँमा आवश्यक कागजात तथा पासपोर्ट बिना मोटरसाइकलमा राखी भारततर्फलैजाँदै गरेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपितलाई समेत घटनास्थलबाट गिरफ्तार गरी पीडित र आरोपित दुवै पक्षलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमाशङ्कर कहारले जानकारी दिए ।

0 Comments