Incident Reports

महिलाको शव दुर्गन्धित अवस्थामा फेला, पतिद्वारा हत्याको आशङ्का

2017-10-10

Madhes, Siraha, Sukhipur, Ward 2

सुखिपुर नपा-२ की ३७ वर्षीया नैनकुमारी सिंहको हत्या गरिएको अवस्थामा असोज २६ गते घरभित्रै शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले घरभित्रै नैनकुमारीको शव क्षतविक्षत अवस्थामा भेटिएको र हत्या उनकै ४५ वर्षीय पति रामेश्वर सिंहले गरेको हुन सक्ने आशङ्का रहेको बताए । रामेश्वर फरार रहेको प्रहरीले जनाएको छ । शवको दुर्गन्ध आएकोले स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको र मृतकका पति सिंहको खोजी भइरहेको डिएसपी सुवेदीको भनाई रहेको छ । सुवेदीका अनुसार आरोपितले असोज २४ गते जग्गा बेचेको रकमको विषयमा विवाद भएपछि पतिले नै उनको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । शवको पोष्टमार्टम असोज २६ गते नै लहान नपास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments