Incident Reports

Chief of Nepal Electricity Association beaten, 12 arrested

2017-10-15

Madhes, Mahottari, Bardibas

Badri Prasad Singh, Section Officer of NEC Distribution and Customer Care and 6 others have been beaten by beneficiaries. The beneficiaries stated that in spite of visiting the office regularly and complaining about the voltage problem in their village, the officers didn't take any action. Police have arrested 10 people, including 2 women involved in the attack. They have been kept at Area Police Station. On Sunday, police arrested around 1 dozen people for directly hooking the connection and stealing electricity wires. They reached the office at 10 AM in the morning and they started beating the officers. Local farmer Hari Narayan Yadav said that their complaints weren't addressed because of which they were compelled to do so. However, the chief of NEA said that they were beaten even they assured to perform their duty on time. नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय बर्दिबास शाखा प्रमुख बद्रीप्रसाद सिंहसहित ६ कर्मचारीलाई सेवाग्राहीले कुटपिट गरेका छन् । गाउँमा भोल्टेज नपुगेर समस्या भएको भन्दै पटक–पटक कार्यालयका पुगेर गुनासो गर्दा पनि कर्मचारीले नटेरेपछि आक्रोशित महोत्तरीको बर्दिबास नगरपालिका ६ का किसाननगरका सेवाग्राहीले कार्यालयमै कुटपिट गरेका हुन् । विद्युत्का कर्मचारीलाई कुटेको आरोपमा प्रहरीले दुई महिलासहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मञ्जय महतो, श्रवन महतो, संजीव कापर, विनोद कापर रहेका छन् । त्यसैगरी धिरेन्द्रकुमार सिंह, गंगाराम महतो, रामेकवाल महतो, रमेश महतो, संजीव यादव, काले मण्डल ख्तवे र भंगहा नगरपालिका ७ का काली मण्डलसहित दुई जना महिलालाई पनि प्रहरी कुटपिट गरेको आरोपमा पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । विद्युत कर्मचारीले जाहेरी दिए कारवाही इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलले जनाए । आइतबार बिहान प्रहरी र विद्युत कर्मचारीले विद्युत चुहावटको क्रममा डाइरेक्ट हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा एक दर्जन मानिसलाई पक्राउ गरेका थिए । आइतबार बिहान १० बजेको समयमा दुई ट्रयाक्टरमा गाउँबाट कार्यालय पुगेका स्थानीय विद्युत कार्यालय पुगेका थिए । दुई पक्षीय भनाभन हुँदा आक्रोशित स्थानीयले प्रमुख सिंहसहित ६ जना कर्मचारीलाई हातहाल्दै कुटपीट गरेका हुन् । विद्युत कार्यालयका कर्मचारीको चरम लापरबाहीका कारण सेवाग्राहीले गरेको गुनासो पनि सम्बोधन हुन नसकेको स्थानीय किसान हरिनारायण यादवले बताए । भोल्ट नहुँदा इनारबाट पानी तान्ने र पानी खान पनि समस्या हुँदा डाइरेक्ट हुकिङ्ग गरेर मोटर चलाउनु परेको किसाननगरका कुलदीप यादवले बताए । उनले भने,‘प्रत्येक महिना विद्युत महसुल तिछौँ तर, सेवा छैन ।’ गाउँमा टान्सफरमर ल्याएर राखेको तीन महिना हुँदा पनि जडान नगर्दा स्थानीय समस्या छन् । बत्ती पनि राम्रोसँग नबलेको स्थानी रामचन्द्र कापरले दुःखेसो पोखें । याता नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय बर्दिबास शाखा प्रमुख बद्रीप्रसाद सिंहले काम गर्ने भन्दाभन्दै आफूलाई सेवाग्राहीले कुटेको दुःखेको पोखे । अन्नपूर्णसंग भने, ‘हामीलाई कुट्नेलाई कडा कारबाही हुनुपर्छ ।’ सोमबारदेखि किसाननगरमा टान्सफरमर जडान गर्ने काम अगाडि बढ्छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Mahottari

0 Comments