Incident Reports

विद्युत कार्यालयका प्रमुख कार्यालयमै कुटिए, १२ जना पक्राउ

2017-10-15

Madhes, Mahottari, Bardibas

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय बर्दिबास शाखा प्रमुख बद्रीप्रसाद सिंहसहित ६ कर्मचारीलाई सेवाग्राहीले कुटपिट गरेका छन् । गाउँमा भोल्टेज नपुगेर समस्या भएको भन्दै पटक–पटक कार्यालयका पुगेर गुनासो गर्दा पनि कर्मचारीले नटेरेपछि आक्रोशित महोत्तरीको बर्दिबास नगरपालिका ६ का किसाननगरका सेवाग्राहीले कार्यालयमै कुटपिट गरेका हुन् । विद्युत्का कर्मचारीलाई कुटेको आरोपमा प्रहरीले दुई महिलासहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मञ्जय महतो, श्रवन महतो, संजीव कापर, विनोद कापर रहेका छन् । त्यसैगरी धिरेन्द्रकुमार सिंह, गंगाराम महतो, रामेकवाल महतो, रमेश महतो, संजीव यादव, काले मण्डल ख्तवे र भंगहा नगरपालिका ७ का काली मण्डलसहित दुई जना महिलालाई पनि प्रहरी कुटपिट गरेको आरोपमा पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । विद्युत कर्मचारीले जाहेरी दिए कारवाही इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलले जनाए । आइतबार बिहान प्रहरी र विद्युत कर्मचारीले विद्युत चुहावटको क्रममा डाइरेक्ट हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा एक दर्जन मानिसलाई पक्राउ गरेका थिए । आइतबार बिहान १० बजेको समयमा दुई ट्रयाक्टरमा गाउँबाट कार्यालय पुगेका स्थानीय विद्युत कार्यालय पुगेका थिए । दुई पक्षीय भनाभन हुँदा आक्रोशित स्थानीयले प्रमुख सिंहसहित ६ जना कर्मचारीलाई हातहाल्दै कुटपीट गरेका हुन् । विद्युत कार्यालयका कर्मचारीको चरम लापरबाहीका कारण सेवाग्राहीले गरेको गुनासो पनि सम्बोधन हुन नसकेको स्थानीय किसान हरिनारायण यादवले बताए । भोल्ट नहुँदा इनारबाट पानी तान्ने र पानी खान पनि समस्या हुँदा डाइरेक्ट हुकिङ्ग गरेर मोटर चलाउनु परेको किसाननगरका कुलदीप यादवले बताए । उनले भने,‘प्रत्येक महिना विद्युत महसुल तिछौँ तर, सेवा छैन ।’ गाउँमा टान्सफरमर ल्याएर राखेको तीन महिना हुँदा पनि जडान नगर्दा स्थानीय समस्या छन् । बत्ती पनि राम्रोसँग नबलेको स्थानी रामचन्द्र कापरले दुःखेसो पोखें । याता नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय बर्दिबास शाखा प्रमुख बद्रीप्रसाद सिंहले काम गर्ने भन्दाभन्दै आफूलाई सेवाग्राहीले कुटेको दुःखेको पोखे । अन्नपूर्णसंग भने, ‘हामीलाई कुट्नेलाई कडा कारबाही हुनुपर्छ ।’ सोमबारदेखि किसाननगरमा टान्सफरमर जडान गर्ने काम अगाडि बढ्छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Mahottari

0 Comments