Incident Reports

सुस्तमनस्थितिकी युवतीलाई बलात्कार गर्ने भारतीय युवक पक्राउ

2017-10-13

Madhes, Parsa, Parsa, Ward 5

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुबर्णपुरमा एक महिलाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै त्यहि टोलमा एक युवती बलात्कृत भएकी छिन् । ठोरी गाउँपालिका वडा नम्बर ५ सुबर्णपुर घर भएकी २६ बर्षिया एक युवती बलात्कृत भएकी हुन् । युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा स्थानीयले भारत चम्पारण भंगाहा थाना गफहर भएका १९ बर्षिय सुजन दासलाई शुक्रबार साँझ नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेका युवकले आफुँले युवतीलाई जबर्जस्ति करनी गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् । पिडित युवतीलाई स्वास्थ्य परिक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज पठाइएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments