Incident Reports

रक्सी खाएर महिलामाथि दुर्व्यहार गर्ने प्रहरी हवल्दार पक्राउ

2017-10-16

Madhes, Mahottari, Manra Siswa, Ward 1

रातिको समयमा रक्सी खाएर महिलालाई दुर्व्यवहार गर्ने एकजना प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ । सोमबार राति ९ बजे महोत्तरीको मनरासिस्वा नगरपालिका–२ ईटहर्वाकी दुई महिलालाई द्र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले ईलाका प्रहरी कार्यालय ईटहर्वामा कार्यरत प्रहरी हवल्दार शम्भुप्रसाद यादवलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । यादवले घटना भएका बेला रक्सी खाए नखाएको जाँच गरी घटनाबारे थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाबारे थाहा पाएपछि स्थानीय बासिन्दाले मंगलबार बिहानैदेखि प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरी नायव उपरीक्षकको टोलीले यादवलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी ठहर भए कानुन बमोजिम कारवाही गरिने प्रहरी नायव उपरीक्षक बालकृष्ण पोखरेलले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments