Incident Reports

कटुवा पेस्तोल फेला

2017-10-18

Bagmati, Sindhuli, Kamalamai, Ward 6

सशस्त्र प्रहरी बलको टोलीले बुधबार कमलामाई नगरपालिका–६ धनसारे खोलाबाट बेवारिसे अवस्थामा एक थान कटुवा पेस्तोल फेला पारेको छ। सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस क्याम्पका प्रहरी नायब निरीक्षक कृष्णविक्रम बानियाँको टोलीले घारीमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो। उक्त हतियार अज्ञात समूहले प्रयोग गर्ने तयारी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाई देखेपछि हतियार छाडी मानिस भागेको हुन सक्ने प्रहरीले अनुमान गरको छ।
National/Online Media

0 Comments