Incident Reports

हतियार र गोली सहित पक्राउ

2017-10-22

Madhes, Rautahat, Paroha

राजपुर नगरपालिका–४ बस्ने २७ बर्षीय कासिफ कमरलाई प्रहरीले एयरगन १ थान र सोको गोली ८५ राउण्ड सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार परोहा नगरपालिका–६ स्थित बसन्तपट्टी भेडियाही सडक खण्डमा बा.७३ प.९६५६ नम्बरको मोटरसाइकलमा सवार कमरलाई चेकजाँच गर्दा उक्त हतियार र गोली बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments