Incident Reports

कथित बोक्सीको आरोपमा बुहारीलाई कुटपिट

2017-10-20

Bagmati, Rasuwa, Naukunda, Ward 4

नौकुण्ड गाउँपालिका-५ खाल्चेतकी ३७ वर्षीया राधा घलान तामाङलाई कथित बोक्सीको आरोपमा ५२ वर्षीय जेठाजु सन्तबहादुर घलान तामाङ, उनका छोरा २० वर्षीय सन्तोष घलान र विशाल घलान समेतले कात्तिक १ गते राति ९:३० बजे कोदालोको समेत प्रयाग गरी कुटपीट गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाको उपचार काठमाडौँ बसुन्धरास्थित ग्रिनसिटी अस्पतलमा भइरहेको पीडित पक्षले जनाएको छ । यसअघि पनि पटकपटक मानिस, भैँसी, गाई बिरामी पारेको आरोप लगाउँदै आरोपितहरूले दुर्व्यवहार गर्दै आएको पीडित पक्षको आरोप छ । घरमा ढुङ्गामुढा समेत गरी छोराले समातेर कुटपिट गरेको पीडितका पति कृष्णबहादर घलानले बताए । कालिकास्थान प्रहरी चौकीमा कात्तिक ३ गते उजुरी परेपछि सोही दिन सन्तबहादुर र सन्तोषलाई गिरफ्तार गरिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments