Incident Reports

ससुराको कुटाइबाट शोभा गम्भीर घाइते

2017-10-17

Madhes, Siraha, Kalyanpur, Ward 3

सिरहाको अर्नमा गाउँपालिका-१ महनौर बुढियाचापमा आफ्नै ससुराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी छन् । गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा रामसेबक महराले छोरा अजय महराकै अगाडि महरालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । ससुरोको कुटाइबाट शोभाको टाउको,अनुहार, आँखा, टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्दार गरेको थियो । अहिले माइति पक्षको निगरानिमा उनको मिर्चैयामा उपचार भइरहेको छ । उनको डेढ वर्षीय एक छोरा छन् । मरणसन्न हुने गरी कुटपिट गरेपनि श्रीमानले समेत नछुट्याएको र उपचारका लागि समेत नलगेको महराले बताइन । आमा बाबुका दबाबका कारणले श्रीमान्ले उपचारका लागि नलगेको उनको भनाइ छ । छोरीलाई मरणसन्न हुनेगरी पिटेर उपचार गर्न नलगेको शोभाका माइतिले प्रहरीलाई जानकारी गराएपछि घटना सार्बजनिक भएको हो । बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडि मात्र घर आएका हुन् । श्रीमान् विदेशमा हुँदा ससुराले विभिन्न कारणले पटकपटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताइन् । ससुराले श्रीमान बैदेशिक रोजगारीमा गएका बेला शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपिट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । यता इलाका प्रहरी कार्यलय गोल बजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले पीडितको जाहेरी नआउदा उनीहरु दैनिक तारिकमा छुटेकोे बताए । घटनामा संलग्नलाई राम सेवक यादब र उनका छोरालाई कार्बाहीका लागि पीडितले जाहेरी दिए तत्काल मुद्धा दर्ता गर्ने उपाध्यायले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Weapons Unclear
Primary Cause Domestic violence
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat

0 Comments