Incident Reports

फोटो प्रकाशन गरेको आरोपमा पत्रकार ओलीमाथि दुर्व्यवहार

2017-10-25

Lumbini, Rukum East, Musikot

बसको छतमा यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएको फोटो खिचेर सार्वजनिक गरेको भन्दै यातायात व्यवसायी चक्रबहादुर केसीले पत्रकार महासङ्घ रूकुमका सदस्य एवम् रेडियो सानीभेरीका समाचारदाता नारायण ओलीमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिका कर्मचारी केसीले कात्तिक ९ गते बिहान पश्चिम रूकुमको सानीभेरी गाउँपालिका-९, सिम्लीबजारमा हातपात गर्दै ज्यान मार्ने धम्की समेत दिएको पीडित पत्रकार ओलीले बताए । उनीमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै उनी आबद्ध प्रेस सेन्टर रूकुमले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरेको छ । सेन्टरका अध्यक्ष मेगराज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नियम मिचेर काम गर्ने र त्यसको समाचार लेख्दा यसरी दुर्व्यवहार र धम्की दिनुले आगामी दिनमा पनि त्यस क्षेत्रको रिर्पोटिङमा समस्या आउनसक्ने बताइएको छ । नेपाल पत्रकार महासङ्घ रूकुमका अध्यक्ष गणेश चिन्तनले पत्रकारलाई समाचार सङ्कलन र फोटो खिचेकै भरमा यसरी धम्की दिनु र धरपकड गर्नु स्वतन्त्र प्रेसको पक्षमा नभएको भन्दै यसको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि उचित कारबाही हुनुपर्ने धारणा राखेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय रूकुममा भने कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर थम्मनबहादुर रजालीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments