Incident Reports

Jhapa Curfew: 1 killed as agitators clash with police

2017-10-27

Province 1, Jhapa, Birtamod

Update.... The District Administration Office, Jhapa has imposed a curfew in Birtamod in Jhapa district from 1:30 pm today until the further notice. The curfew was imposed in the wake of a clash ensued between the locals organizing a peaceful rally and the security personnel today itself. The curfew imposed today is effective for the areas upto the Bus Park in the east of Birtamod to Charpane to the west, Mahananda Chowk to the north and Birtabazar to the South, Superintendent of Police Bishnu KC said. Since Birtamode remained tense due to the clash between police and the agitators, the local administration clamped the curfew to contain the situation. The locals had organized the rally demanding action against the murderer of Laxman Shiwakoti. Siwakoti,11, of Arjundhara-11 had gone missing from his home on September 30 and his body was found the following day at Birtamod-1. Although agitators claimed police to have opened fire in the air, shot over a dozen rounds of teargas shells, and baton charged at a mass rally, KC denied opening fire. He, however, admitted that the police had to shoot teargas shells to force the agitators to disperse. RSS ------------------------------------------------ A clash occurred between police and locals in Birtamod of Jhapa on Friday, leaving four people injured. The clash ensued after security personnel intervened a protest staged by local people against authorities' slow pace work in taking action against three people arrested on a murder charge of 11-year-old Laxman Siwakoti in Arjundhara on September 30. Police fired dozens of tear gas shells to contain the situation. It is learnt the injured people are in stable condition. Siwakoti died by drowning in a pond, however, the family claims that the 11-year-old was murdered. Local people carried out a protest rally on Friday morning demanding action against the arrestees. Jhapa SP Bishnu KC informed that they are working to normalise the situation. Update................. पुलिसलाई अनुरोध गरियो हाम्रो कार्यक्रम शान्तिपूर्ण रहनेछ हामीलाई छाडिदिनुहोस् भनेर । किनकि हामी हात मिलाएर एउटा घेरा बनाएर अगाडि बढेका थियौं । आफ्ना पनि छोराछोरी होलान् कसरी मन मान्छ, अलिकति पनि मन दुख्दैन ? यसो भन्दा प्रहरीहरू अपशब्द नै प्रयोग गरेर तँ तँ र म म गरेर बोल्न थाले। त्यसपश्चात माइकिंग स्पिकर राखिएको सफारीलाई पुलिसको घेराभन्दा अगाडि मुक्तिचोकतर्फ अगाडि बढाउन खोजियो । त्यस पश्चात पुलिसले लाठीचार्ज गर्न सुरु गर्यो। मृतक लक्ष्मण भाइका आमाबुवालाई निर्ममतापूर्वक पिट्न थाल्यो । पुलिसले एक मिनेटभित्र अस्रुग्यास हान्यो । त्यसको लगतै जनता आक्रोशित हुन थाले । र, स्थिति तनावपूर्ण बन्दै गयो। सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले यसरी जनतासँग व्यवहार गरेपछि हामीले कसलाई विश्वास गर्ने ? भोट हालेर जनताले जिताएको प्रतिनिधिहरु यही सबै देख्नलाई हो हामीले माथि पठाएको ? सोझा बाबुआमाको कोख रितिन्छ अनि उनीहरु पैसामा बिकेर पीडितलाई झनझन दबाउन खोज्छन्। यो शान्तिपूर्ण, स्वतस्फूर्त विरोध थियो, जुन प्रशासन आफैले भाँडेको हो। हृदयबाट सलाम छ, सहिदहरुमा । साथै उपस्थित सम्पूर्णमा, जसले आफ्नो ज्यानको बाजी थापेर लड्नुभयो। update.......... झापा- झापाको बिर्तामोडमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लगि अर्जुनधारा ११ का नवराज थापाको मृत्यु भएको हो। इलाका कार्यालय विर्तामोडमा तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि १० जनाभन्दा बढी घाइते भएका छन् । झापामा दिउँसो १: ३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारि गरेको थियो। दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो। विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए। Update.... झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको बिरोध र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । आन्दोलनमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका मानिसहरु घाइते भएका छन् । मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जलाइयो अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको निजी गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ । बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत अान्दोलनकारीले जलाइदिएका छन् । अान्दोलनका क्रममा घाइते भएका युवा । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल अान्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् । घटनाको समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलाई पनि दुर्व्यवहार गरिएको पत्रकार प्रदीप परियारले बताए । आन्दोलन नेतृत्वविहीन भएकाले उग्र रुप लिन पुगेको स्थानीय बासिन्दाको भनाइ छ । ------------------------------------------------- बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा मृतकका आफन्तले गरेको प्रर्दशनमा प्रहरीले दमन गर्दा १२ भन्दा बढी घाईते भएका छन् । बिर्तामोड बन्दको आब्हान गरी आज बिहान प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दै गोली चलाएको हो । सो क्रममा प्रर्दशनकारी र प्रहरीतर्फ गरी १२ भन्दा बढी घाईते भएको हाम्रा सहकर्मी पर्वत पोर्तेलले जनाएका छन् । स्थानीय शनिश्चरे रोडबाट निस्किएको प्रर्दशन, प्रहरी अवरोध छिचोल्दै मुक्ती चोक पुगेलगत्तै प्रहरीले लाठी चार्ज र हवाईफायर सुरु गरेको थियो । प्रर्दशनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दै अश्रु ग्यास प्रहार गरेपछि केहिबेर स्थिति तनाबग्रस्त बनेको थियो । सो क्रममा प्रहरीले गोली समेत प्रहार गरेको प्रर्दशनकारीको आरोप लगाएका छन् । प्रहरीले भने भीड नियन्त्रणमा लिन अश्रु ग्यास मात्र प्रहार गरेको बताएको छ । अहिले बिर्तामोडको अवस्था सामान्य बनेको छ । गत असोज १४ गते अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण सिवाकोटीको हत्यामा संलग्न भएको भन्दै उनको परिवारले ८ जना बिरुद्ध किटानी जाहेरी दिएको थियो । हत्या भएको झण्डै १ महिना बितिसक्दा पनि उनीहरु माथि कारबाही नभएको भन्दै आज बिर्तामोड बन्द गरी मृतकका आफन्त प्रर्दशनमा उत्रिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arson
Weapons Fire
Primary Cause Law and Order Violence
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 4
Totally damaged Vehicles 4
Severely damaged Vehicles 3
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Jhapa , Local Newspaper - Chitwan , Local Newspaper - Morang

0 Comments