Incident Reports

झापामा तनाब, प्रहरीले गोली चलाउँदा एकको मृत्यु

2017-10-27

Province 1, Jhapa, Birtamod

१२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत अान्दोलनकारीले जलाइदिएका छन् । अान्दोलनका क्रममा घाइते भएका युवा । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल अान्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् । घटनाको समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलाई पनि दुर्व्यवहार गरिएको पत्रकार प्रदीप परियारले बताए । आन्दोलन नेतृत्वविहीन भएकाले उग्र रुप लिन पुगेको स्थानीय बासिन्दाको भनाइ छ । ------------------------------------------------- बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा मृतकका आफन्तले गरेको प्रर्दशनमा प्रहरीले दमन गर्दा १२ भन्दा बढी घाईते भएका छन् । बिर्तामोड बन्दको आब्हान गरी आज बिहान प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दै गोली चलाएको हो । सो क्रममा प्रर्दशनकारी र प्रहरीतर्फ गरी १२ भन्दा बढी घाईते भएको हाम्रा सहकर्मी पर्वत पोर्तेलले जनाएका छन् । स्थानीय शनिश्चरे रोडबाट निस्किएको प्रर्दशन, प्रहरी अवरोध छिचोल्दै मुक्ती चोक पुगेलगत्तै प्रहरीले लाठी चार्ज र हवाईफायर सुरु गरेको थियो । प्रर्दशनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दै अश्रु ग्यास प्रहार गरेपछि केहिबेर स्थिति तनाबग्रस्त बनेको थियो । सो क्रममा प्रहरीले गोली समेत प्रहार गरेको प्रर्दशनकारीको आरोप लगाएका छन् । प्रहरीले भने भीड नियन्त्रणमा लिन अश्रु ग्यास मात्र प्रहार गरेको बताएको छ । अहिले बिर्तामोडको अवस्था सामान्य बनेको छ । गत असोज १४ गते अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण सिवाकोटीको हत्यामा संलग्न भएको भन्दै उनको परिवारले ८ जना बिरुद्ध किटानी जाहेरी दिएको थियो । हत्या भएको झण्डै १ महिना बितिसक्दा पनि उनीहरु माथि कारबाही नभएको भन्दै आज बिर्तामोड बन्द गरी मृतकका आफन्त प्रर्दशनमा उत्रिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arson
Weapons Fire
Primary Cause Law and Order Violence
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 4
Totally damaged Vehicles 4
Severely damaged Vehicles 3
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Jhapa , Local Newspaper - Chitwan , Local Newspaper - Morang

0 Comments