Incident Reports

ठेकेदारमाथि कारबाहीको माग गर्दै जलेश्वर जनकपुर सडकमा धर्ना

2017-10-29

ठेकेदारले कलर्भट निर्माणका लागि खनेको खाल्डोमा सवारी दुर्घटना भई एकजनाको ज्यान गएपछि स्थानीयले आइतबार बिहानैदेखि जलेश्वर जनकपुर सडक अवरुद्ध पारे । भिट्ठामोडबाट जनकपुरतर्फ जाँदै गरेको ज५प३२२० नंको मोटरसाइकलले शनिबार राति खयराचोकनजिकको ठेकेदारले अलपत्र छाडेको खाल्डोमा ४ फिट तल खस्न गई जनकपुर उपमानपा-२१ का २३ वर्षीय मोटरसाइकल चालक जीतेन्द्र महासेठको मृत्यु भएपछि स्थानीय जनता ठेकेदारविरुद्ध आन्दोलनमा उत्रेका हुन् । जलेश्वर नगरपालिकाका ३ जना वडाध्यक्षहरु वरुण दहाल, सञ्जय पाण्डे र रवीन्द्र साह तथा जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले ३ सुत्रीय माग राख्दै दुर्घटनास्थलनजिकै धर्ना दिन थालेपछि आवागमन ठप्प भएको थियो । उनीहरुले मृतक परिवारलाई क्षतिपूर्ति, ठेकेदारलाई कारबाही र अलपत्र छाडिएको सडक निर्माण तत्काल सुरु गर्नु पर्ने माग राखेका छन् । उनीहरुप्रति ऐक्यबद्धता जनाउँदै स्थानीयले ठाउँठाउँमा टायर बालेर तथा ढुङ्गामुढा तेर्साएर जडक जाम गर्नुका साथै सडक ठेकेदारविरुद्ध नाराबाजी गरेका थिए । अति व्यस्त जलेश्वर जनकपुर सडक अवरुद्ध भएपछि सयौं सर्वसाधारणले सास्ती पाएका थिए भने नेपाल-भारत आयात व्यापारसमेत प्रभावित बनेको जिल्ला भन्सारले जनाएको छ । जनप्रतिनिधि नै धर्नामा बसेपछि प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, प्रहरी उपरीक्षक कुवेर कडायत र घटनास्थल पुगेको थिए । प्रशासन र आन्दोलनकारीबीच छलफल भएपछि अपराह्नपछि सडक खुलाउने सहमति भएको वडाध्यक्ष दहालले जनाए । प्रजिअ श्रेष्ठकाअनुसार पीडित परिवार, निर्माण व्यवसायी, हुलाकी सडक आयोजना प्रमुख तथा स्थानीयबीच सडक निर्माण र क्षतिपूर्तिबारे छलफल गरिने समझदारीपछि सडक अवरोध अन्त्य गर्ने सहमति भएको हो । गतवर्ष तत्कालीन यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको भारतीय सीमा जोड्ने जनकपुर जलेश्वर भिट्ठामोड १८ किमि सडक ठेकेदार पट्टु रोशन जेभी कन्ट्रक्सन र प्रतिभा वाईपी जेभीले सम्झौता बमोजिम काम नगर्दा दिनहुँजसो दुर्घटना हुँदै आएको छ । २० मिनेटमा जनकपुर पुग्नु पर्ने उक्त जर्जर सडकमा यात्रा गर्न २ घण्टा बढी समय लाग्ने गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments