Incident Reports

आक्रमणमा संलग्नमाथी कारवाहीको माग गर्दै बेलौरी बजार बन्द

2017-10-23

कन्चनपुरको बेलौरी नगरपालिका गोकुलपुरमा स्थानीय युवाहरुमाथी भएको आक्रमणमा संलग्न दोषी उपर कारवाहीको माग गर्दै स्थानीयले बेलौरी र गोकुलपुर बजार बन्द गरेका छन् । स्थानीय युवाहरुमाथी आक्रमण भएको लामो समय भइसक्दा पनि दोषीहरु माथी कारवाही नभएको भन्दै स्थानीयबासीले बजार बन्द गराएका हुन् । गत कार्तिक ४ गते भाईटिकाको दिन प्रहलाद राणा लगाएतको एक समुहले स्थानीय युवाहरुमाथी गोकुलपुरको एक कटेजमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट स्थानीय सुरेश खड्का , सुरेन्द्र शाही, पुष्प कुँवर, सुदिप खड्का लगाएतका युवाहरु घाइते भएका थिए । घटनामा गम्भीर घाइते भएका सुरेश खड्काको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौँको अन्नपुर्ण न्यूरो आस्पताल रिफर गरिएको छ । घटनामा संलग्न भएको समुहका प्रह्लाद रानालाई पक्राउ गरिएको र अन्य फरार अभियुक्तहरुको खोजि भइरहेको कन्चनपुर् प्रहरीका प्रबक्ता ज्ञानबहादुर सेट्टीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments