Incident Reports

स्वाथ्य संस्थामा स्वास्थ्यकर्मी नआएपछि स्थानीयबासीद्वारा तालाबन्दी

2017-11-01

Karnali, Humla, Kharpunath, Ward 5

खार्पुनाथ गाउँपालिका-५ स्थित स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नआएपछि स्थानीयबासीले ताला लगाएका छन् । खार्पुनाथ गाँउका १४ वर्षीय बालक जनक शाहीको टाउकोमा चोट लागेर तीन ओटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्वास्थ्य कार्यालयमा कर्मचारी नआएपछि सो स्वास्थ्य चौकीमा कात्तिक १४ गतेबाट ताला लगाइएको स्थानीयबासी कमल शाहीले बताए । विगत एक महिनादेखि स्वास्थ्य चौकीका प्रमुख कर्णजीत शाही नआएपछि उक्त स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । अहिले उक्त स्वास्थ्य चौकीमा सिटामोल बाहेक अरु कुनै औषधि नभएको स्थानीयबासी कमल शाहीले बताए । शाहीका अनुसार स्वास्थ्य चौकीमा दैनिक १५ देखि २५ जना बिरामी उपचार गर्न जाने गरेको भए पनि औषधि र स्वास्थ्यकर्मी नभएपछि रित्तो हात घर र्फकन बाध्य भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हरिभक्त शाहीले स्वास्थ्य चौकीमा औषधि पठाएको प्रतिकृया दिए । नन्द सिंह
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments