Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-11-05

Lumbini, Palpa, Rainadevi Chhahara, Ward 5

छहरा गाउँपालिका–५ छेउखान बस्ने ५५ बर्षीय तुल बहादुर बुढाथोकीलाई प्रहरीले भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ । बुढाथोकीलाई प्रहरीले आइतबार दुम्सी मार्न भरुवा बन्दुकको पासो थापेको अवस्थामा पक्राउ गरेको हो । बुढाथोकीले थापेको पासोमा परेर जंगलमा घाँस काट्न गएकी सोही ठाउँ बस्ने २४ बर्षीया चुना बुढाथोकी घाइते भएकोले उपचारको लागि मिसन अस्पताल पाल्पामा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments