Incident Reports

विस्फोटक पदार्थ सहित दुईजना पक्राउ

2017-10-25

Bagmati, Makawanpur, Hetauda

मकवानपुर प्रहरीले विस्फोटक पदार्थसहित पूर्वी मकवानपुरबाट दुईजनालाई नियन्त्रणमा लिएको छ। बागमती गाउँपालिका वडा नं ६ सहित स्थित सडक खण्डमा वाग्मती गाउँपालिका ४ पाँचपाण्डवका ६० बर्षीय हर्कमान तितुङसहित दुईजनालाइ नियन्त्रणमा लिएको हो। शंकास्पद रुपमा हिंडीरहेको अवस्थामा नियन्त्रणमा लिई तितुङको शरीर खानतलासी गर्दा झोला भित्र सेतो रङको प्लाष्टिकले लुकाई छिपाई ल्याएको विस्फोटक पदार्थ डेटोनेटिङ क्याप एकसय थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Local Newspaper - Makwanpur

0 Comments