Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-11-05

Lumbini, Dang, Banglachuli, Ward 5

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित बङ्गलाचुली गाउँपालिका-५ हाँसिपुरका ३१ वर्षीय भिमबहादुर गिरीलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ । पत्नीसँगै आएकी १४ वर्षीया झट्केली छोरीलाई गिरीले लामो समयदेखि यौन दुर्व्यवहार गरेपछि गर्भवती भएको भन्दै पीडित पक्षले कात्तिक १९ गते प्रहरी चौकी कमिरेचौरमा उजुरी दिएका थिए । पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंहले जानकारी दिइन् । बालिकाको कात्तिक २० गते राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । चिकित्सकका अनुसार बालिकाको सात हप्ता चार दिनको गर्भ रहेको पाइएको छ । पीडित बालिकालाई महिला बालबालिका सेवा केन्द्रमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments