Incident Reports

दुई थान भरुवा बन्दुकसहित जंगबहादुर पक्राउ

2017-11-07

Madhes, Siraha, Dhangadhimai, Ward 8

नेपाल प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ८ मुसहरनियाबाट मंगलबार दिउँसो दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नपा १० भर्लेनीका ५८ वर्षीया जंगबहादुर तामाङ छन्। अन्य तीन जना भागेका छन्। चुनावी सुरक्षार्थ खटेका ईलाका प्रहरी कार्यालय धनगढीको टोलीले तामाङसहित चार जनालाई देखेका थिए। ‘प्रहरी टोलीलाई देखेपछि उनीहरु भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले लखेट्यो’, इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने, ‘लखेट्दा पनि तीन भागे पनि तामाङ भने पक्राउ परेका छन्।’ फरार तीन जनाको पनि खोजी भइरहेको उनले भने। पक्राउ परेका तामाङमाथि हतियारबारे अनुसन्धान थालेको र हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।

0 Comments