Incident Reports

माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

2017-11-08

Gandaki, Gorkha, Bhimsen, Ward 3

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरी पेस्टोलसहित तीन राउण्ड गोली बरामद गरेको छ ।भीमसेन गाउँपालिका–३, धावामा सवारी चेक गर्दा बा ७३ प ३३८६ नम्बरको मोटरसाइलमा ९–एमएम पेस्तोल र तीन थान गोली भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । सिम्खडा प्रतिनिधिसभाको समानुपातिक तर्फकी उम्मेदवार हुन् ।मोटरसाइकलमा ल्याइएको झोलामा हतियार भेटिएको प्रहरीले जनाएको छ । चालक भने फरार भएको अधिकारीले बताए । मोटरसाइकल चालक भीमसेन ४ कै गुणप्रसाद खनाल भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । काठमाडौंबाट हतियारसहित उम्मेदवार बोकेर युवक आएको सुरक्षा अधिकारीले दाबी गरेका छन् ।

0 Comments