Incident Reports

बलात्कार घटनाका आरोपि गिरफ्तार

2017-11-04

Bagmati, Ramechhap, Ramechhap, Ward 8

सुस्त मनस्थिति भएकी ४७ वर्षीया महिलालाई कात्तिक १८ गते बलात्कार गरको आरोपमा प्रहरीले रामेछाप नगरपालिका-८ का २२ वर्षीय मनोज तामाङलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएकी ती एकल महिलालाई आरोपित तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको शरीरभरी चोटपटक र निलडाम भएकाले बलात्कारसँगै हत्याको प्रयास पनि भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार बलात्कार घटनाका आरोपित तामाङ लागु पदार्थ सेवन गर्ने र धेरै पटक चोरी गरेको आरोपमा यसअघि पनि बारम्बार गिरफ्तार परेका थिए । आरोपित तामाङलाई देख्ने वित्तिकै पीडित महिला डराउने र रूने गरेपछि स्थानीयले सोधपुछ गरी प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २० गते जिल्ला अस्पताल रामेछापमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments