Incident Reports

धादिङमा खुँडा प्रहारबाट ६ जना घाइते, ३ को अवस्था गम्भीर

2017-10-21

Bagmati, Dhading, Jwalamukhi, Ward 4

मध्य धादिङको ज्वालामूखी गाउँपालिका–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । ढोला गाविसका पूर्वअध्यक्ष टंकनाथ अधिकारीसँग गाउँका युवाहरुको विवाद हुँदा एक आपसमा झगडा भएको थियो । गाउँको सहकारीको विषयमा विगतदेखि नै विवाद भएको र युवाहरुको यस कुरामा चित्त नबुझेपछि घटना भएको प्रहरीले प्रारम्भीक अनुसन्धानबाट जानकारी दिएको छ । विवाद भएपछि खुँडा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा २५ वर्षीय नविन श्रेष्ठ, ४६ वर्षीया पार्वती भट्ट, ४८ वर्षीय नारायण भट्ट, ५२ वर्षीय बलराम श्रेष्ठ, ६२ वर्षीय टंकनाथ अधिकारी, र ३२ वर्षीय भिमबहादुर भट्ट छन् । घाइतेमध्ये नविन, नारायण र पार्वतीको अवस्था गम्भीर भएकोले थप उपचारका लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा रेफर गरिएको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other economic issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments