Incident Reports

बालिकाहरूलाई बेचबिखन गर्न लागेको आरोपमा गिरफ्तार

2017-11-12

Madhes, Siraha, Lahan, Ward 1

१३, १५ र १६ वर्षीया बालिकाहरूलाई बेचबिखन गर्न भारत लैजाँदै गरेको आरोपमा लहान नपा-३ का ३५ वर्षीय विजय महतोलाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितले बालिकाहरूलाई भारतको दिल्लीमा रोजगारी लगाइदिने भनी फकाएर कात्तिक २६ गते राति १० बजे मोटरसाइकलमा राखी लहान-१ स्थित बसस्टैण्डमा लगी भारत लैजान गाडी पखर्दैँ गर्दा एक बालिकाका दाइले देखेका थिए । उनीहरूलाई घर फर्कन आग्रह गर्दा आरोपितसहित उनका साथीहरूले पीडित बालिकाका दाइलाई कुटपिट गरिरहेको देखेर गस्तिमा रहेको प्रहरीले उद्धार गरी घर पठाएको थियो । बालिकाहरूलाई ललाईफकाई बेच्न लगेको आरोपमा पीडित परिवारले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा कात्तिक २८ गते उजुरी दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
INSEC

0 Comments