Incident Reports

Locals demonstrate against the idea of shifting the health post

2017-11-16

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 5

Locals of Khotang's Rupakot Majhuwagadhi Municipality-5 have demonstrated against the idea of shifting the health post. It is said that the health-post is on the verge of being shifted to Mahoriya, which is 2 km away from where it is now. They have padlocked the health post, as the decision was taken without taking the opinion of the locals. However, it is also said that Assistant District Officer Santosh Subedi personally requested to open the lock and continue the services of the health post. स्वास्थ्यचौकी सार्न लागिएको भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका स्थानीय बासिन्दाले विरोध जनाएका छन् । लफ्याङको मेघेचौरामा रहेको स्वास्थ्यचौकीलाई झण्डै दुई किलोमिटर तल मोहोरियामा सार्न लागिएको भन्दै असन्तुष्ट स्थानीय बासिन्दाले विरोध जनाएका हुन् । छलफल नै नगरी स्वास्थ्यचौकी सार्न लागिएको विरोधमा असन्तुष्ट स्थानीय बासिन्दाले बिहीबार स्वास्थ्यचौकीमा ताला लगाएर नाराजुलुस लगाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । सूचना टाँस गरेर निःशुल्क जग्गाका लागि आह्वान गरिएपछि साबिकको स्वास्थ्यचौकी नजिक बाबुराम राई र विजय राईले पाँच रोपनी जग्गा दिन तयार भए पनि स्वास्थ्य सहयोग समितिका अध्यक्ष रहेका वडाअध्यक्ष निर्मल राईले स्वास्थ्यचौकी सार्न खोजेको स्थानीय बासिन्दा प्रेम कटुवालले बताउनुभयो । स्वास्थ्य सहयोग समितिले भने शान्तिशोभा राई र चरी राईले मोहोरियामा दिएको जग्गा बुधबार स्वास्थ्यचौकीको नाममा पास गराएपछि विरोध गरिएको स्थानीय बासिन्दाले बताएका छन् । आफूहरुले साबिकको स्वास्थ्यचौकी नजिक जग्गा दिन खोज्दा स्वास्थ्य सहयोग समितिले निवेदन लिन नै अस्वीकार गरेको असन्तुष्ट पक्षको आरोप छ । वडाअध्यक्ष निर्मल राईले भने सर्वदलीय बैठककै निर्णयअनुसार नै स्वास्थ्यचौकी सार्नका लागि जग्गा पास गरेको बताउनुभयो । यता, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले नाराजुलुससहित प्रशासन पुगेको टोलीलाई तत्काल ताला खोलेर सेवा सञ्चालन गराउन अनुरोध गर्नुभएको बताइएको छ । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jumla

0 Comments