Incident Reports

महिलाको मृत्यु रहस्यमय

2017-11-04

Gandaki, Gorkha, Aarughat, Ward 2

गोरखा जिल्ला आरुघाट गाउँपालिका २ बस्ने वर्ष १९ की निशा सुनारको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको श्रीमान भरतपुर २१ पार्वतीपुरका २४ वर्षका मनोज विकलाई कत्तिक १९ गते गिरफ्तार गरेको छ ।हत्या गरी सलले पासो लगाएर झुण्ड्याइएको भन्दै माइती पक्षले १९ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए।निशा १८ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी शिवशर्मा आचार्यले जानकारी दिए ।उनको १९ गते नै भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो । मृतकको ३ वर्षीया छोरी रहेकी छन् ।महिलाको हत्या गरिएको भन्दै छिमेकीले सोमबार जिल्ला प्रहरी कार्यालय चितवनमा पुगी दबाब दिएका थिए । मृतककी दिदि इन्द्रा सुनारले ज्वाइँले सधै झगडा गर्ने,कुटपिट गर्ने हुनाले हत्या गरेर झुण्डयाएको आरोप लगाइन् ।मृतक महिला दैनिक ज्यालादारी गरेर ससुरा,श्रीमान् र छोरी पाल्दै आएकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Chitwan

0 Comments